१२ श्रावण २०८१, शनिबार

बैजनाथ गाउँपालिकाको प्रशासनीक भवन सर्यो रामपुर
  • न्युज मानसराेवर

बाँके\ बाँके बैजनाथ गाउँपालिकाको कार्यालय बाट उपलब्ध गराइने सेवा अब आफ्नै कार्यालय रामुपुर बाट शुरु गर्ने भएको छ ।

बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल प्रशासन शाखा,  योजना शाखा , प्राविधिक शाखा ,प्रधामन्त्री रोजगार शाखा ,लघु उद्यम शाखा लगाएतका सेवाहरु अब  रामपुर बाट  विस्तार गरिने बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले जानकारी गराएका छन । अन्य  प्रशासनीक फाटहरु भने  क्रमिक रुपमा सर्ने तयारी  छ ‘ऐडीले भनेका छन।

यद्यपी गाउँपालिकाको प्रशासनीक भवन निमार्ण कार्य सम्पन्न भने भएको छैन ।

हाल सम्म बैजनाथ गाउँपालिकाको सेवा बैजनाथ वडा न ५ को कार्यालयको स्वामित्वमा रहेका भवनहरु बाट  भइरहेको थियो ।

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech