१२ श्रावण २०८१, शनिबार

भत्काइएको वीरेन्द्रको सालिक पुनः ठडियो
  • न्युज मानसराेवर

सुर्खेत- सुर्खेतको वीरेन्द्रचौकमा स्वर्गीय राजा वीरेन्द्रविरबिक्रम शाहको सालिक राखिएको छ। वीरेन्द्रको ७६औं जन्मजयन्तिको अवसरमा वीरेन्द्रचौकमा अर्ध कदको सालिक राखिएको हो।

युवाहरूको समूहले चौकमा सालिक राखेको हो। यो समूहको अगुवाइ गोरक्ष पिठादिस योगी बलभद्रले गरेका हुन्। उनकै अगुवाइ युवाहरूको समूहले वीरेन्द्रचौकमा सालिक राखेको हो।

इतिहासलाई जोगाउनुपर्ने भन्दै सालिक राखिएको युवाहरूले बताएका छन्। वीरेन्द्रनगरको विकासमा योगदान पुर्‍याएको भन्दै २०४४ सालमा पहिलो पटक वीरेन्द्रचौकमा वीरेन्द्रको सालिक राखिएको थियो।

तर, २०६२/०६३ मा आन्दोलनले वीरेन्द्रको सालिक फालिदिएका थिए। आन्दोलनकारीले गणतन्त्रको नारा लगाउँदै सालिक तोडफोड गरेर सालिक भत्काइ दिएका थिए।

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech