१२ श्रावण २०८१, शनिबार

माइती नेपाल बाँकेले गर्यो चारसय बढीको उद्धार
  • न्युज मानसराेवर

बाँके\ बाँके नेपालगञ्ज नाकाबाट एक बर्षको अवधिमा माइती नेपालले ४ सय बढीको उद्धार गरेको छ ।  सन् २०२१ मा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट उद्धार गरिएको संख्या ४ सय ३४ रहेको माइती नेपाल नेपालगञ्जले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

पत्रकारहरुसंग गरिएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका प्रमुख केशब कोइरालाले पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको बताए । उनका अनुसार गएको एक बर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ ।

उनीहरुलाई मानव बेचविखन र सुरक्षित बसाईसराईबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ कोइरालालले भनेको छन।  उद्धार गरिएको र पुनर्मिलन गराइएको यो दुबै संख्या अघिल्लो बर्ष भन्दा बढी नै हो ।

यस्तै श्रम र यौन शोषणमा परी उद्दार गरिएको संख्या ११ छ । यो एक बर्षमा खोजतलासका लागि ५२५ निवेदन परेकोमा २०३ जना मात्र फेला परेका छन् । कोइरालाले सामाजिक सञ्जालको अधिक प्रयोग गरी सम्पर्क स्थापित गर्ने क्रम उच्च रहेकाले जोखिम बढेको बताए ।

राज्यसंग खोजतलास र उद्दारको संयन्त्र नहुँदा खोजतलासको कार्य प्रभावकारी हुन नसकेको कोइरालाले पत्रकार सम्मेलनमा भनेका छन।   बेचविखनको बदलिँदा स्वरुपहरुमध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटनाहरु पनि देखिन थालेको बताइएको छ ।

  • १६ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech