८ बैशाख २०८१, शनिबार

नेपालगञ्जमा बस दुर्घटना, एकको मृत्यु, ६ जना घाइते
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्जमा भयानक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । नेपालगञ्ज बसपार्कबाट तिब्र गतिमा आउँदै गरेको ना ५ ख ५७७३ नम्बरको बसले भे १ त ५१३४ नम्बरको ट्रयाक्टरलाई शुत्रवार दिउँसो ठक्कर दिँदै कारकाँदोस्थित एसके पेट्रोल पम्पकै छेउमा रहेको अटोरिक्सा शोरुममा ठोक्किदा दुर्घटना भएको हो ।

बसको ठक्करबाट अटोरिक्सा शोरुममा अटो खरिद गर्न आएका ब्यक्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । मृतकको पहिचान नखुलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । घाइते ६ जना मध्ये अटोरिक्सा शोरुमका ३ जना र ट्रयाक्टरमा सवार ३ जना रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

घाइते सबै जनाको मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ । दुर्घटनापछि बस चालक फरार भएका छन् ।

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech