७ बैशाख २०८१, शुक्रबार

दाङकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोना संक्रमणबाट बाँकेमा एकजनाको मृत्यु भएको छ । दाङको लमही ८ का ६५ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार राती डेढ बजे मृत्यु भएको हो ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि पुष १३ गते अस्पताल भर्ना गरी कोरोना परीक्षण गर्दा १५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

रोगको प्रकृतिअनुसार औषधोपचार गर्दासमेत स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको शनिवार राती मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट बाँकेमा उपचार गराउन आएका बाहिरी जिल्लाको ७८ जनाको मृत्यु भइसकेको छ ।

  • १९ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech