१५ बैशाख २०८१, शनिबार

२४ घण्टामा कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ। गत २४ घण्टामा २ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को उदयपुरमा ३, झापामा १, भोजपुरमा १, मोरङमा ८ र सुनसरीमा ४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा २ र सिरहामा ३ जनामा कोरोना भेटिएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ९९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा ५, दोलखामा २, नुवाकोटमा ४, भक्तपुरमा ९, ललितपुरमा १८ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ११, गोरखामा २, तनहुँमा ५, म्याग्दीमा १, बागलुङमा २ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको कपिलवस्तुमा १९, दाङमा ३, नवलपरासीमा २, पाल्पामा ४, प्युठानमा १, बाँकेमा २, रोल्पामा २ र रुपन्देहीमा ६ जनामा कोरोना पाइएको छ।

यसै गरी  २४ घण्टामा कर्णाली प्रदेशको सुर्खेतमा मात्र ३ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा १०, कैलालीमा २, डडेल्धुरामा ७ र बझाङमा १२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

  • २६ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech