१२ बैशाख २०८१, बुधबार

सामी परियोजनाको पालिका स्तरीय समिक्षा

सामीले खाडी मुलुकलगायत वैदेशिक रोजगारीमा जाँदा कति पैसा लाग्ने, कसरी जाने, के सम्झौता गर्ने गराउने, कस्तो सीप सिक्ने, ठगीबाट कसरी जोगिने, कुन देशमा कस्तो हावापानी छ भन्ने लगायतका विभिन्न विषयमा निःशुल्क सूचना तथा परामर्श दिएर बाँकेबाट   विदेसिनेका लागि वास्तवमै वरदान साबित भएको स्थानीयहरुको बुझाई छ ।   

  • रबि रोकाया

बाँके बैजनाथ ।  सामी परियोजनाको पालिका स्तरीय समिक्षा बैठक  सम्पन्न गरिएको छ ।   समिक्षा बैठकका सहभागिहरुले स्वदेशमा रोजगारीको अवसर खोज्नु पर्नेमा जोड दिएका छन् । बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बैदेशिक रोजगारी सकभर नजाने वातावरण बनाउन क्रियाशिल रहेको बताए । उनले बैदेशिक रोजगारमा जानै पर्ने अवस्था आएमा स्वदेशमा शिप विकास गरेर  मात्र जानु पर्ने जोड दिए । 

उनले बैदेशिक रोजगारी बाट आउने रकम लाई परिवारका सदस्यले उत्पादनमूखी क्षेत्रमा लगानी गर्नु पर्ने र त्यसका लागि स्थानीय सरकार र सामी परियोजनाले समन्यन गर्न आवश्यक  रहेको समेत बताए ।  रुचालले  परिवारमा मनोसामाजिक परामर्श आवश्यक रहेको बताउदै त्यसका निम्ति सामी परियोजनाले खेल्ने भूमिका महत्वपूर्ण हुने  जिकिर गरे ।

कार्यक्रममा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले बैदेशिक रोजगारीको कारण धेरै परिवार विचल्ली हुने अवस्था रहेका कारण बैदेशिक रोजगारीको सट्टा स्वदेशमा नै काम गर्ने वातावरण बनाउनु पर्ने बताए ।

उनले बैदेशिक रोजगारी बाट स्वदेश आएका कामदारहरुलाई उचित समन्वय गरी स्थानीय स्तरमा उनीहरुको शिपमा आधारित कार्यक्रमहरु सञ्चालन गर्ने र स्थानीय स्तरमा रोजगारीको वातावरण बनाउनु पर्नेमा जोड दिए ।

पालिका स्तरीय समिक्षा बैठकमा बैदेशिक रोजगारी चौनोति र आर्थिक बर्ष ०७७।७८ मा नेपालीहरु जाने गतव्य बारे मिना  चौधरीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रतिवेदमा कोभिड १९ का बेला पनि बैदेशिक रोजगारीमा जानेको संख्यामा समेत बृद्धि रहेको पाइएको छ । भने महिलाहरुले बैदेशिक रोजगारीमा जान तेस्रो मुलुक हुदै (  विशेष भारत )  जादाँ उनीहरु उच्च जोखिममा रहेको समेत प्रतिवेदमा प्रस्तुत गरिएको थियो ।

तथ्याकंले दैनिक २ देखी ४ को संख्यामा   बैदेशिक रोजगारीमा गएकाहरुको मृत शरिर नेपाल  आउने गरेको प्रतिवेदमा  उल्लेख छ ।

पछिल्लो समय  नेपाल सरकार र दातृय निकायको समन्वयनमा सामी परियोजनाले  बैदेशिक रोजगारीलाई सुरक्षित बनाउ विशेष भूमिका खेलेको छ ।

परियोजनामा आवद्ध कर्मचारीहरुले परिवारमा मनोसामाजिक परामर्श तथा बैदेशिक रोगारीमा जाने व्यक्तिहरुलाई निशूल्क शिप उपलब्ध गराउदै आएको छ ।

बैदेशिक रोगारीका निम्ति  जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना वरदान साबित भएको छ  नेपाल सरकार र दातृय निकायको समव्यनमा सामी परियोजनाले पछिल्लो समय बैदेशिक रोजगारीलाई सुरक्षित बनाउ विशेष भूमिका खेलेको छ ।

परियोजनामा आवद्ध कर्मचारीहरुले परिवारमा मनोसामाजिक परामर्श तथा बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई निशूल्क शिप उपलब्ध गराउदै आएको छ  ।

नेपाल सरकार तथा स्विस सरकारको सहमतिमा श्रम तथा रोजगार मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समझदारीमा जिल्ला समन्वय समिति, बाँकेको वैदेशिक रोजगारीमा जाने युवायुवतीको वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउने उद्देश्यले सूचना तथा परामर्श केन्द्र स्थापना गरेर सेवा प्रदान गर्दै आएको परियोजना संयोजक मिना  चौधरीले जानकारी गराईन् ।

सामीले जिल्लाका गाउँगाउँमा सूचना, परामर्श, गोष्ठी, भेला तथा अभिमुखीकरणजस्ता कार्यक्रम गरेर समुदायस्तरमा वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ भने सामीको जनचेतनामूलक कार्यक्रमको फलस्वरुप बाँकेबाट वैदेशिक रोजगारीमा जाँदा स्थानीयस्तरमा हुने गरेका ठगीबाट बच्नुका साथै सीप विकास हुने तथा विदेशमा रहेकाको समस्या समाधानका लागि पहुँचमा अभिवृद्धि गराएको छ ।  स्थानीय संस्था ईन्रुडेकले कार्यक्रमका निम्ति समन्यन गरेको छ ।

सामीले खाडी मुलुकलगायत वैदेशिक रोजगारीमा जाँदा कति पैसा लाग्ने, कसरी जाने, के सम्झौता गर्ने गराउने, कस्तो सीप सिक्ने, ठगीबाट कसरी जोगिने, कुन देशमा कस्तो हावापानी छ भन्ने लगायतका विभिन्न विषयमा निःशुल्क सूचना तथा परामर्श दिएर बाँकेबाट   विदेसिनेका लागि वास्तवमै वरदान साबित भएको स्थानीयहरुको बुझाई छ ।

समिक्षा बैठकमा इन्रुडेक बाकेका अध्यक्ष धर्मलाल रोकायले स्वागत गरेका थिए । भने कार्यक्रममा बैजनाथ गाउँपालिका वडा अध्यक्ष कार्यापालिका सदस्य विषयगत समिति संयोजक पत्रकार कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

  • २९ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech