१५ बैशाख २०८१, शनिबार

समता एजुकेशन ट्रस द्धारा माघी पर्वको शुभकाना सन्देश जारी
  • न्युज मानसराेवर

बाँँके बैजनाथ ।  समता एजुकेशन ट्रसका  केन्द्रिय  निर्देशक दिपक सन्जेल  र  व्यवस्थापक सुर्दशन पौडेल  द्धारा हस्ताक्षरमा जारी सन्देशमा  थारू समुदायकाे महान  पर्व   माघीकाे अवसरमा शुभकामना व्यक्त गरेका छन । सन्देशमा  जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी माघी पर्व  उत्सवका रूपमा  मनाउन सबैमा अपिल समेत  गरेका हुन् ।

सन्देशमा थारू समुदायकाे महान पर्व माघी   २०७७ को अवसरमा जारी शुभकामना सन्देशमा पश्चिम तराई जिल्लामा रहेका समता स्कुलमा अध्ययन रक्त विद्यार्थी अभिभावक आम थारू समुदाय नागरिक तथा विदेशमा रहेका सम्पूर्ण थारू समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, प्रगति एवं सुस्वास्थ्यको कामना गरेका छन ।

सन्देशमा  महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम बाट  विद्यालयमा पर्न गएको असर क्रमिक रुपमा स्तरउन्तीतर्फ केन्द्रित रहेको बताउदै विद्यालयहरु क्रमिक रुपमा सञ्चालन गरिने समेत उल्लेख गरेका छन् । उनीहरुले  माघी पर्व सुरक्षित रुपमा मनाउन समेत आफ्नो शुभकामना सन्देशमा  अपिल समेत गरेका छन् ।

समता एजुकेशनल ट्रस द्धार नेपालका ७७ जिल्लामा मासिक शुल्क १ सय रुपैयामा अध्ययन गराउदै आएको छ ।
कोरना संक्रमणका कारण विद्यालयको आर्थिक अवस्था कम्जोर हुदै गएको छ ।

संस्थापक उत्तम कुमार सन्जेलले समता स्कुल संचालनमा ल्याएको २१ वर्ष पुगेको छ कक्षा नर्सरी देखी मास्टर सम्म अध्ययन गराईने विद्यालयको मासिक शुल्क जम्मा एक सय रहेको छ ।

  • १ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech