७ बैशाख २०८१, शुक्रबार

थापाको हत्यापछि प्रेमिकामाथि अनुसन्धान शुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सूचक प्रवीण थापा मगरको हत्यापछि थापाकी प्रेमिकामाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ । बाँके प्रहरीले भने, उनकी प्रेमीकाको नाम भने सार्वजनिक गरेको छैन । प्रहरी श्रोतका अनुसार घटनास्थलबाट ड्रग्स खाने सामाग्री लगायतका विभिन्न सामग्रीसमेत बरामद भएको छ ।

घटनास्थलमा ड्रग्सका विभिन्न टुक्रा, ड्रग्स खान प्रयोग गरिने सामाग्री लगायतका वस्तु भेटिएको श्रोतले बताएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१८, कारकाँदो घर भएका २७ वर्षिय प्रविन शुक्रबार मृत भेटिएका थिए ।

नेपालगञ्ज लग्दहवास्थित तोरीबारीमा शव भेटिएको थियो । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक थापाको शव भेटिएपछि बाँके प्रहरीले कुकुरसमेत लिएर शवको अनुसन्धान गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार मृतकको शरीरमा कुटपिटको डाम देखिएको बताए । अनुसन्धानका लागि शंकास्पद १५ जनालाई नियन्त्रणमो लिइएको उनले जानकारी दिए ।

थापाको टाउकोमा गहिरो घाउचोट लागेको छ । बिहीबार साँझ सवा पाँच बजेसम्म थापामगर सम्पर्कमा रहेका थिए । प्रहरी उपरीक्षक रानाका अनुसार शुक्रबारनै मृतक थापामगरको शव भेरी अस्पताल नेपालगञ्जमा पोष्टमार्टम गरिएको छ । उनले राष्ट्रिय अनुसन्धान प्रहरीको हत्या भएपछि गम्भीरतापूर्वक घटनाको छानविन तथा अनुसन्धान गरेको बताए ।

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech