१५ बैशाख २०८१, शनिबार

नेपाल आइपुग्यो कोरोना भाइरसविरुद्धको खोप
  • न्युज मानसराेवर

काठमाण्डौ । कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोपको १० लाख डोज बिहीवार विमानमार्फत काठमाण्डौ ल्याइएको हो ।

विमानस्थलमै भएको औपचारिक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोपको उत्पादन भारतीय कम्पनी सेरम इन्स्टिच्युड अफ इन्डियाले गरेको हो । सो खोपको १० लाख डोज भारतले नेपाललाई अनुदानमा दिएको हो ।

सो खोप अबको दुई हप्ता भित्रै लगाउन थालिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल आएको खोपले चार लाख मानिसलाई पुग्ने जनाइएको छ ।

  • ८ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech