१४ बैशाख २०८१, शुक्रबार

बैजनाथ गाउँपालिकाले कृषि र पशुका क्षेत्रमा आठ सय युवा लक्षित स्वरोगार कार्यक्रम सञ्चालन गर्ने अध्यक्षः रुचाल
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल र मल्चिङ प्लाष्टिक तथा तरकारीको हाइब्रिड वीउ वितरण गरेको छ ।


बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८ का लागि कृषि र पशु सेवा कार्यालय मार्फत आठ सय  युवा लक्षित  रोजगारी उपलब्ध गराउने तयारी छ’ बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले कार्यक्रममा जानकारी गराए ।

अध्यक्ष रुचालले कोभिड १९ का कारण आर्थिक बृद्धि दर शुन्य मापनको अवस्थामा बैजनाथका युवाहरु मार्फत स्वरोगार  बनाउन   कृषि र पशु सेवा नै  आर्थिक शशत्तिकरण गर्ने उनले भने ।

कृषि क्रान्ति मार्फत नै देशको आर्थिक बृद्धि हुने हुँदा सबै अगुवा कृषक तथा आम समुदाय नै उत्पादनमा केन्द्रित हुन आवश्यक रहेको रुचालले  औल्याए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले कृषि पेशा नै आम नेपालीहरुको बाच्ने आधार रहेको हुँदा यो संख्य पछिल्लो समय ६५ प्रतिशत मा ओरालो लागेको बताए ।

पहिला ८२ प्रतिशत कृषि पेशामा नेपालीहरु आवद्ध छन् भन्ने हामीले अध्ययन गर्ने गरेको बताउदै ऐडीले  बैजनाथको औशत उत्पादन  आर्थिक बृद्धिदर   पशु र कृषि नै रहेका कारण सबै अग्रज कृषिकहरुले उत्पादनमा बढी केन्द्रित हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा कृषि अधिकृत विष्णु माया मल्लले स्वागत गर्दै नयाँ प्रविधि मार्फत उत्पादनमा कृषकहरुलाई केन्द्रित बनाउने कृषि शाखाको प्रमुख लक्ष्य रहेको बताईन् ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न १ देखी ८ सम्ममा कृषहरुहको सहभागिता रहेको थियो ।

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक, वडा न ६ का अध्यक्ष भद्र बहादुर बस्नेत कृषि शाखा कर्मचारी पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

बैजनाथ गाउँपालिका आर्थिक विकास समिति संयोजक लक्ष्मी थारुको अध्यक्षमा कार्यक्रमको संञ्चालन गरिएको थियो ।

  • ८ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech