७ बैशाख २०८१, शुक्रबार

शौचालय बन्यो गोदाम घर, खुल्ला ठाउँमा शौच गर्न बाध्य
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्ज उपमहानगरपालिका–१३, मासुमण्डी छेउमा निर्माण भएको अत्याधुनिक शौचालय गोदाम घरको रुपमा प्रयोग भएको छ । उपमहानगरले मासुमण्डीका एक मासु ब्यवसायीलाई संचालनका लागि भाडामा दिए पनि ति ब्यवसायीले शौचालयलाई गोदाम घर बनाएका छन् ।

मासु ब्यवसायले महिला र पुरुष दुवैतर्फको शौचालयमा दिनभर ताला लगाउने गरेका छन् । ब्यवसाय गर्नुपर्ने भएकोले शौचालयमा ताला लगाउने गरेको उनले बताए । ‘दिनभर कुरेर बस्न नसकिने भएकोले ताला लगाउन परेको हो,’ ति ब्यापारीले निर्धक्कसँग भने ।

शौचालयमा ताला लागेपछि सर्वसाधारण खुल्ला ठाउँमा शौच गर्न बाध्य भएका छन् । शौच गर्नका लागि बनाइएको शौचालयमा ताला लगाइएपछि खुल्ला ठाउँमा शौच गर्दै आएको मासुमण्डीका एक ब्यापारीले बताए । नजिकै शौचालय छ, तर सधैँ बन्द हुन्छ । शौच गर्नका लागि पो शौचालय बनाइएको होला । बन्द गरेर राख्नका लागि त होइन होला,’ ति मासु ब्यापारीले भने ।

शौचालय भित्र खसी, बोका, मासु काट्ने सामग्री, बोरा, साइकल लगायतका सामान शौचालय ठेक्का लिएका ब्यक्तिले राख्ने गरेका छन् । ‘शौचालयलाई गोदाम घर बनाइएको छ,’ स्थानीय एक ब्यापारीले भने, ‘धेरै रकम खर्च गरेर निर्माण भएको शौचालयको उचित प्रयोग हुन सकेको देखिँदैन ।’

  • १० माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech