११ बैशाख २०८१, मंगलवार

कोरोना संक्रमणबाट बाँकेमा एकजनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोना संक्रमणबाट बाँकेमा एकजनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ का ६५ बर्षीय पुरुषको शनिवार राती पौने १२ बजे मृत्यु भएको हो ।

माघ २ गते कोरोना पुष्टि भएका उनी त्यसै दिन भेरीको कोभिड आइसोलेशन वार्डमा भर्ना भएका थिए । रोगको प्रकृतिअनुसार सबै उपचार गरिएपनि उनको मृत्यु भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ८६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech