६ बैशाख २०८१, बिहीबार

‘चाचाजी’को पुण्यतिथिमा विविध कार्यक्रम
  • न्युज मानसराेवर

बाँके बैजनाथ । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता प्रतिष्ठान नेपालगञ्जले स्व. पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ को वार्षिक पुण्यतिथिमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष विजयकुमार गुप्ताको अध्यक्षतामा सोमवार बसेको बैठकले गत वर्ष माघ १५ गते निधन भएका चाचाजीको स्मृतिमा बिहीबार कार्यक्रम गर्ने निर्णय गरेको हो ।

कार्यक्रम अन्र्तगत विहीबार बिहान निलसागर सेवा आश्रममा खाना खुवाउने र दिउँसो महेन्द्र पुस्तकायमा स्मृतिसभा गरिने प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले बताए ।

लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको समग्र विकासका क्षेत्रमा काम गर्ने गरी प्रतिष्ठानलाई दर्ता प्रक्रियालाई अघि बढाउने तयारीसमेत गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

  • १२ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech