१३ असार २०७९, सोमबार

नरैनापुरमा भेटिएको हरिण जंगलमा छाडियो
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको नरैनापुरमा एक माउ हरिणको उद्धार गरिएको छ । नरैनापुर गाउँपालिका वडा नं ५ जमुनाहामा कुकुरले लखेट्दै गरेको माउ हरिणलाई स्थानीयले उद्धार गरेका हुन् ।

आइतवार बिहान ८ बजे हरिणलाई कुकुरले लखेटेको अवस्थामा स्थानीयले देखेका थिए । उद्धारपछि सशस्त्र प्रहरी बल नरैनापुरको टोली पुगी गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहको उपस्थितिमा मुचुल्का गरी स्थानीय सामुदायिक वनमा छाडिएको छ ।

गाउँपालिका अध्यक्ष शाह, इलाका वन कार्यालय वन रक्षक सुरज प्रसाद ठाकुर र राजेश श्रीवास्तवको रोहवरमा स्थानीय गाजी सामुदायिक वनमा आइतवार दिउँसो छाडिएको सशस्त्र प्रहरी नायब निरीक्षक हर्कबहादुर थापाले जानकारी दिए ।

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech