८ बैशाख २०८१, शनिबार

कक्षा १२ को नतिजा सार्वजनिक
  • न्युज मानसराेवर

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजाको विस्तृत विवरण बोर्डको वेबसाइटमा राख्ने तयारी भएको बोर्डले जनाएको छ ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको हो ।

कोरोना भाइरसको महामारीका कारण गएको वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार विद्यार्थी सहभागी भएका थिए

  • १९ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech