१४ बैशाख २०८१, शुक्रबार

नेपालगञ्ज १० मा जनमतको वडाअधिवेशन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । सीके राउत नेतृत्वको जनमत पार्टी बाँकेले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० मा वडाअधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट सचिन पटहरको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको छ ।

यस्तै उपाध्यक्षमा बसिरुन ढपाली, कोषाध्यक्षमा संजय सोनकर, सचिव असलम भुजुवा, सदस्यमा बासिर अलि शेष, रोहित पटहर, अन्जुम शेष, साविया अंसारी, अफरोज जहाँ शेष, राहुल मन्डल तथा संतोष कुर्मी चयन भएका छन् ।

जिल्ला अध्यक्ष रियाज अहमद शेषको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य जाबिर हल्वाई, जिल्ला नेता रियाज अंसारीले मधेशी नेताहरू म्याद नाघेको औषधी जस्तै रहेको बताएका थिए । मधेशी जनतासामू जनमतको बिकल्प न रहेको जिकिर गर्दै वक्ताहरुले अहिलेसम्म मधेशलाई ठग्ने काम मात्र भएको आरोप लगाएका थिए ।

कार्यक्रममा डुडुवा गाउपालिका अध्यक्ष तथा जिल्ला सदस्य अब्दुल वाहिद शेष, मुकिम अन्सारी, जिल्ला सदस्य नौसाद अंसारी, सफिक जसगड, मुबारक अलि शाह, एजाज मनिहार, सद्दाम दर्जी लगायतका नेताहरूको उपस्थिति रहेको केन्द्रीय सदस्य इरफान अहमद शेषले बताए ।

  • २२ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech