८ बैशाख २०८१, शनिबार

बाँके निकुञ्जद्वारा सात थान भरुवा बन्दुकसहित नौ पक्राउ
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँके राष्ट्रिय निकुञ्जले सात थान भरुवा बन्दुकसहित ९ जनालाई पक्राउ गरेको छ । निकुुञ्जले सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर २ र ३ बाट ९ जनालाई पक्राउ गरेको जनाएको छ ।

सिसी क्यामेरामा बन्दुक बोकेर आउने जाने गरेको दृश्य देखिएपछि उनीहरुलाई पक्राउ गरिएको बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाहले बताउनुुभयो । उनीहरु जंगली जनावरको चोरी शिकारीमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । निकुञ्जले शुक्रवार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भीमबहादुर खनाल, देवप्रसाद थापा, धनबहादुर डाँगी, तिलक डाँगी, टेकबहादुर कुँवर, कृष्ण थापा, शोकबहादुर खत्री, कुमार थापा र रत्नलाल मगर रहेका छन् ।

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech