८ बैशाख २०८१, शनिबार

वडा नं. १७ मा जनमतको अधिवेशन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । जनमत पार्टी बाँकेले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ मा प्रथम वडाअधिवेशन सम्पन्न गरेको छ । शनिवार भएको भेलावाट फरिद अलि बेहनाको अध्यक्षतामा ११ सदस्यीय समितिसमेत चयन गरिएको छ ।

यस्तै उपाध्यक्षमा खातून निशा शेष, कोषाध्यक्षमा साहरूक शेष(हवारी), सचिवमा विनोद यादव, सदस्यमा शेर बहादुर गुप्ता, सलिमुन निशा शेष, राज कुमारी सोनी, बेचन बडही, मोहम्मद रजा दर्जी, हलीम दर्जि तथा भगोले कनोजियालाई चयन गरिएको केन्द्रीय सदस्य इरफान शेषले जानकारी दिए ।

बेचन बडहीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य जाबिर हल्वाईलगायतका नेताहरूको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष रियाज अहमद शेष प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा जनमत पार्टीले बाँकेका सबै स्थानीय निकायमा आफ्नो वडा अधिवेशन गरिरहेको बाँकेका नेता जाबिर हल्वाईले बताए ।

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताले मधेशको नाममा राजनीति गर्ने नेताहरु माथि खनिएका थिए । मधेसी जनतासामू जनमतको बिकल्प न रहेको भन्दै उनीहरुले स्वराजीहरुको काँधमा ठूलो जिम्मेवारी आएको बताएका थिए ।

  • २४ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech