७ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट बाँकेमा एक महिलाको ज्यान गयो
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोना संक्रमणबाट बाँकेकी थप एक महिलाको मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका वडा नं. ११ की ६८ बर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

माघ १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएको ती महिलालाई सोही दिन साँझ साढे ५ बजे अस्पताल भर्ना गरिएको थियो ।

रोगको प्रकृतिअनुसार सबै किसिमको उपचार गर्दासमेत उनको स्वास्थ्य विग्रिँदै गएपछि शनिवार अपरान्ह ४ बजेर १८ मिनेटमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृतकको संख्या ५४ पुगेको छ ।

  • २४ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech