१६ चैत्र २०८०, शुक्रबार

आजको मौसम पूर्वानुमान यस्तो छ
  • न्युज मानसराेवर

बाँके बजनाथ । आज देशभरको मौसम सफा रहने छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य ठाउँमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली पनि नभएको महाशाखाको भनाइ छ।

यस्तै भोलि र पर्सि भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार चिसो अझै रहिरहने तथा तराईका भूभागहरूमा हुस्सु/कुहिरोको अझै सम्भावना छ।

त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुराेध गरेकाे छ।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech