१४ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य क्षेत्रमा सुधार गर्न प्रतिवद्ध छौँःअध्यक्ष रुचाल
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले स्वास्थ्य क्षेत्रका सुधार गर्न पालिका प्रतिवद्ध रहेको बताएका छन् ।

अध्यक्ष रुचालले स्वास्थ्य क्षेत्रको विकास गर्न स्थानीय सरकारलाई पूर्ण अधिकार प्रदान गर्नु पर्ने  समेत बताएका छन् । उनले  संविधानमा सरकार तिन तहको परिकल्पना अनुरुप विकेन्द्किरणको सिद्धान्त लाई कार्यान्वय गरीएको  बताउदै ‘ तर स्वास्थ्य क्षेत्रलाई संघ प्रदेश हुदै स्थानीय मातहमा राख्नु नै स्वास्थ्य क्षेत्रको दुर्भाग्य रहेको जिकिर  गरे ।

उनले पूर्ण अधिकार स्थानीय सरकारलाई जिम्मा दिनु पर्ने धारणा राखे । जिम्मेवारी बाडफाडमा संघ र प्रदेश उदारवाद नदेखिए कार्यान्वयमा समस्या आउने  दावि गरे ।

अध्यक्ष मान बहादुर रुचालले परियोजना बाट आएका सुझावहरुलाई गाउँपालिकाले ग्रहण गर्दै भावि योजनाहरुमा थप सुधारमा गतिविधिहरु कार्यान्वय गरिने प्रतिवद्धता व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रमा जवाफदेहीता परियोजनाले बैजनाथ गाउँपालिकामा अन्तरक्रिया तथा स्वास्थ्यका क्षेत्रमा गरिएका अध्ययन सार्वजनिक गरिएको थियो ।

स्वास्थ्य क्षेत्रको सुधारमा आवश्यक भौतिक तथा जवाफदेहीता नागरिक प्रतिवेदन तथा बर्हिरगमन अभिमत बाट प्राप्त नागरिकहरुका सवालहरुमा अन्तक्रियात्मक संवाद गरिएको थियो ।

स्वास्थ्य क्षेत्रका सुधारमा भौतिक कार्यालयहरु निमार्ण गरिनु पर्ने तथा स्वास्थ क्षेत्रमा आधुनिकीकरण सेवा विस्तामा रुपान्तरण हुनु पर्ने जस्ता विषहरु उठान प्रतिवेदमा समावेस गरिएका  छ ।

स्वास्थ्य क्षेत्रमा सुरधारका पक्षहरु समावेश गर्दै बैजनाथ गाउँपालिका लाई प्रविवेदन समेत उपलब्ध गराईएको छ   ।

स्वास्थ्य क्षेत्रमा ल्याउनु पर्ने सुधारका लागि युराज पोख्रेलले गाउँपालिकामा सर्वे गरेका थिए ।

कार्यक्रममा प्रतिवेदनको प्रस्तुति सामाजिक जवाफदेहीता परियोजना प्राविधिक दुलर्भ कुमार बोकटीले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत ,कार्यापालका सदस्य वडा अध्यक्ष ,स्वास्थ्य शाखा प्रमुख ,स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो ।

  • २७ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech