१४ बैशाख २०८१, शुक्रबार

मोटरसाईकल चोरी गर्ने समुह नेपालगञ्जबाट पक्राउ
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँके प्रहरीले मोटरसाईकल चोरेर विभिन्न पहाडी जिल्लामा बेच्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बुधवार पत्रकार सम्मेलन गरेर मोटरसाईकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका ब्यक्तिहरुले बाँकेका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरेर पहाडी जिल्लाहरुमा बेच्ने गरेको खुलासा भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । रानाका अनुसार पक्राउ परेका ब्यक्तिहरुसँगै चोरीका ११ मोटरसाइकल समेत बरामद गरिएको छ ।

पक्राउपर्नेमा बाँकेको खजुरा गाउँपालिका ३ का रामवहादुर थापा, जुम्लाको चन्दननाथ नगरपालिका ११ घर भई हाल नेपालगञ्ज ४ बस्ने धिरेन्द्र विक्रम शाही, दाङ गढवा ४ का ईरसाद अहमद मुसलमान, रोल्पा लुग्री १ का छविलाल पुन मगर, लुग्री ५ का नवराज रोका क्षेत्री तथा नेपालगञ्ज १० का रञ्जित शर्मा रहेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

मोटरसाईकल चोरेर जंगलमा लुकाएर राख्ने त्यहाँबाट प्यूठानको चेरनेटा दरभानमा रहेका वर्कसपमा नम्बर, प्लेट, चेसिस र ईञ्जिन नम्बर परिवर्तन गरि बिक्रि गरेको पाइएको प्रहरीले जनाएको छ ।

  • २८ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech