१२ बैशाख २०८१, बुधबार

र्‍यालीमा हिडेका बालिकालाई हायसले ठक्कर दियो
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बलात्कारीलाई कारबाहीको माग गर्दै बिरोध र्‍यालीमा हिडेका दुई छात्रालाई हायस गाडीले ठक्कर दिएको छ । कोहलपुर नगरपालिका ११ हाईस्कुल नजिकै सडकमा हिडिरहेका बालिकाहरुलाई हायसले ठक्कर दिएको हो ।

नेपालगन्जबाट दाङतर्फ जाँदै गरेको बा२ख ५७८ नम्बरको हायस गाडीले ठक्कर दिदा कोहलपुरको त्रिभुवन माविका २ जना छात्रा घाईते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा बालिकाहरुलाई सामान्य चोट लागेको र अहिले उनिहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै र्‍यालीमा सहभागी विद्यार्थी तथा स्थानियहरुले गाडीमा तोडफोड समेत गरेका थिए । गाडीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech