बाँके बैजनाथ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली निकट बाँके जिल्ला पदाधिकारीको बैठकले बुटवलमा हुन गईरहेको जनसभामा बाँकेबाट उल्लेख्य जनसहभागिता गराउने निर्णय अनुसार व्यापक रुपमा कमिटी विस्तार गरिएको छ ।
बाँकेका आठ वटै स्थानीय तह बाट ओली निकट नेकपा वडा ,क्षेत्र ,जिल्ला प्रदेश कमिटी परिचालन गराउने रणनीति छ ।
नेकपा ओली निकट बाँके जिल्ला पदाधिकारीको बैठकले फागुन १ गते बुटवलमा हुने जनसभालाई सफल पार्न बढि भन्दा बढि जनसहभागिताको लागि कार्य विभाजन समेत गरिएको संयोजक सूर्य ढकालले न्यूज मानसरोवरलाई जानकारी गराए ।
नेकपा ओली निकट नेकपाले बाँकेका तिनै वटै क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीहरु गठनलाई तिब्रताले गठन तथा कमिटीहरुको परिचालन गरिएको छ ।
जनसभाका लागि नेकपा ओली समुहले बाँकेका उद्योगी व्यापारी समाजसेवी बुद्धिजीवि विद्यार्थीहरु संग समन्वय तथा छलफल समेत गरिएको संयोजक ढकालले जानकारी गराए ।
प्रदेशस्तरीय जनसभाको सबै माध्यबाट प्रचार प्रसार गर्ने ,मातहतका सबै कमिटीहरुको बैठक भेला गर्ने ,जनसभामा जाने व्यक्तिहरुको नाम र नम्वर संकलन गर्न प्रदेश कमिटी सदस्य रविन्द्र लम्सालको संयोजकत्वमा सूर्य रोकाया, खेमराज शर्मा, मोहित शाह, मनोज केसी र अंकित श्रेष्ठ सदस्य रहेको व्यवस्थापन समिति गठन गरिएको छ ।
वैठकले , राष्ट्रिय स्वाधीनता,संविधानको रक्षा, राजनीतिक स्थिरता र विकासको निरन्तरताको लागि यहि फाल्गुन १ गते लुम्बिनी प्रदेश बुटवलमा हुन गैरहेको बृहत जनसभामा बाँके जिल्लाबाट ब्यापक जनसहभागिता गराउने तयारी गरेको हो ।
जनसहभागिताको लागि बाँकेका आठ वटै स्थानीय तह बाट ५० भन्दा बढी यातायातका (बस)साधनहरु परिचालन गरी सहभागिता उल्लेखनीय गराउने नेकपा बाँके ओली समुहको रणनिति रहेको छ ।
जन सभामा विधार्थि,युवा महिला मधेशि ,मुस्लिम जनजाति सबै को सहभागीतालाई अनिवार्य गरेका छौ ‘ ढकालले जानकारी गराए ।