१४ बैशाख २०८१, शुक्रबार

नेकपा ओली निकट बुटवल जनसभामा बाँके बाट ५० बस परिचालन हुने संयोजकःढकाल

बाँकेका आठ वटै स्थानीय तह बाट ओली निकट नेकपा वडा ,क्षेत्र ,जिल्ला प्रदेश कमिटी परिचालन गराउने रणनीति  छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली निकट  बाँके जिल्ला पदाधिकारीको  बैठकले  बुटवलमा हुन गईरहेको जनसभामा बाँकेबाट उल्लेख्य जनसहभागिता गराउने निर्णय  अनुसार व्यापक रुपमा कमिटी विस्तार गरिएको छ ।

बाँकेका आठ वटै स्थानीय तह बाट ओली निकट नेकपा वडा ,क्षेत्र ,जिल्ला प्रदेश कमिटी परिचालन गराउने रणनीति  छ ।

नेकपा ओली निकट  बाँके जिल्ला पदाधिकारीको  बैठकले फागुन १ गते बुटवलमा हुने जनसभालाई सफल पार्न बढि भन्दा बढि जनसहभागिताको लागि कार्य विभाजन समेत गरिएको संयोजक सूर्य ढकालले न्यूज मानसरोवरलाई जानकारी गराए ।

नेकपा ओली निकट नेकपाले बाँकेका तिनै वटै क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीहरु गठनलाई तिब्रताले गठन तथा कमिटीहरुको परिचालन गरिएको छ ।

जनसभाका लागि नेकपा ओली समुहले बाँकेका उद्योगी व्यापारी समाजसेवी बुद्धिजीवि विद्यार्थीहरु संग समन्वय तथा छलफल समेत गरिएको संयोजक ढकालले जानकारी गराए ।

प्रदेशस्तरीय जनसभाको सबै माध्यबाट प्रचार प्रसार गर्ने ,मातहतका सबै कमिटीहरुको बैठक भेला गर्ने ,जनसभामा जाने व्यक्तिहरुको नाम र नम्वर संकलन गर्न प्रदेश कमिटी सदस्य रविन्द्र लम्सालको संयोजकत्वमा सूर्य रोकाया, खेमराज शर्मा, मोहित शाह, मनोज केसी र अंकित श्रेष्ठ सदस्य रहेको व्यवस्थापन समिति गठन  गरिएको छ ।

वैठकले , राष्ट्रिय स्वाधीनता,संविधानको रक्षा, राजनीतिक स्थिरता र विकासको निरन्तरताको लागि यहि फाल्गुन १ गते लुम्बिनी प्रदेश बुटवलमा हुन गैरहेको बृहत जनसभामा बाँके जिल्लाबाट ब्यापक जनसहभागिता  गराउने तयारी गरेको हो ।

जनसहभागिताको लागि बाँकेका आठ वटै स्थानीय तह बाट ५० भन्दा बढी यातायातका (बस)साधनहरु परिचालन गरी सहभागिता उल्लेखनीय गराउने नेकपा बाँके ओली समुहको रणनिति रहेको छ ।

जन सभामा विधार्थि,युवा महिला मधेशि ,मुस्लिम जनजाति सबै को सहभागीतालाई अनिवार्य गरेका छौ ‘ ढकालले जानकारी गराए ।

 

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech