११ श्रावण २०८१, शुक्रबार

लागुऔषध अफिमसहित दाङमा एक जना पक्राउ
  • न्युज मानसराेवर

दाङ । लागुऔषध अफिमसहित दाङमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कायालय दाङका अनुसार रोल्पाको थवाङ गाउँपालिका वडा न ५ का ३८ वर्षीय प्रकाश घर्ती पक्राउ परेका हुन् ।

उनलाई सोमवार राति ८ बजे गोप्य सूचनाका आधारमा घोराही उपमहानगरपालिका वडा नम्बर १९ दुईखोलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घर्तीको साथबाट ६ किलो १ सय ग्राम लागुऔषध अफिमसहित एक थान मोवाइल र दुईवटा परिचय पत्रसमेत प्रहरीले बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिए ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech