१६ चैत्र २०८०, शुक्रबार

फरुवा प्रहार गरी श्रीमानको हत्या
  • न्युज मानसराेवर

कञ्चनपुर । बेलौरी नगरपालिका ६, भुरकोटका वसन्ती चौधरीले फरुवा हानी श्रीमानको हत्या गरेकी छिन् । श्रीमान ओमकुमार चौधरीलाई फरुवा प्रहार गरी वसन्तीले मंगलवार विहान हत्या गरेकी हुन् ।

घरायसी विवाद क्रममा वसन्तीले श्रीमानमाथि फरुवा प्रहार गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा बताएका छन् ।

‘विहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो,’ उनले भने, ‘फरुवा प्रहार गरेकी वसन्तीलाई नियन्त्रणमा लिइएको छ ।’

ओमकुमारको शव टाउकोमा चोट लागेको अवस्थामा घरभित्रै फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यसैबीच, घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका २ का ७६ वर्षीय प्रेम थापाको सोमबार उपचारका क्रममा मृत्यु भएको छ ।

कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । माघ २८ गते दुवैजनाले वृद्धमाथि कुटपिट गरेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech