१६ चैत्र २०८०, शुक्रबार

नयाँ भवनमा वडा कार्यालय
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका वडा न २ को भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवनको अध्यक्ष रुचालले २०७६।८। २५ मा शिलान्यास गरेका थिए ।
वडा कार्यालयको भवन निमार्ण गर्न कूल १ करोड २ लाख खर्च भएको वडा अध्यक्ष प्रेम बहादुर थापाले जानकारी गराए ।

जिल्ला समन्वय समिति सभापति अजय श्रीवस्तवले स्थानीय निकायको विकासमा जनप्रतिनिधिले क्रियाशिल भएर विकास गर्न आवश्यक रहेको बताए । उनले सबै अधिकार स्थानीय निकायलाई भएको बताउदै आम नागरिकका आधाभूत आवश्यकहरु लाई मध्य नजर गर्दै ऐन कानून निमार्ण तथा त्यसको उचित कार्यान्वय गर्नु पर्ने धारण राखे ।

कार्यक्रमका सदृद्ध बैजनाथ निमार्णमा भौतिक पूर्वाधारको महत्व छ ‘ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले भने ।

रुचालले बैजनाथ गाउँपालिका विकासका लागि  एक वडा  कार्यालय अनिवार्य गरिएको बताए ।

उनले भौतिक पूर्वाधारमा मात्र नभई आम नागरिकका आधारभूत आवश्यताहरु स्थानीय सरकारले संविधान सम्बत कार्यान्वय गर्ने बताए ।

कार्यक्रमा जिल्ला समन्वय समिति का सभापति अजय श्रीवास्त बैजनाथ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष ले सयुक्त रुपमा नवनिर्मित  वडा कार्यालयको उद्घाटन गरेका थिए ।

कार्यक्रमाम वडा अध्यक्ष कार्यपालिका सदस्य कर्मचारी समाजसेवि  नौवस्ता शसस्त्र प्रहरी प्रमुख इलाका प्रहरी कार्यालय बनकटुवा नौवस्ता प्रमुखल गाएतको सहभागिता रहेको वडा न ५ का वडा अध्यक्ष मन बहादुर खत्रीले बताए ।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech