१५ चैत्र २०८०, बिहीबार

शस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा कुखुरा बरामद
  • न्युज मानसराेवर

नेपालगञ्ज । सशस्त्र प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट धेरैको संख्यामा मोटरसाइकल, तस्करहरुसहित ठुलो परिमाणमा कुखुरा बरामद गरेको छ ।

सशस्त्र प्रहरीको खडैचा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीको नेतृत्वमा गएको टोलीले बुधवार बिहान ३ बजे डुडुवा गाउँपालिका वडा नम्बर १ पाँजाबाट पाँच क्विन्टल भारतबाट आउँदै गरेको अवैध कुखुरा बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक केसीको कमान्डले कुखुरासहित ७ वटा मोटरसाइकल र ७ जना तस्करहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । बरामद गरिएको सबै अवैध सामाग्रीको मूल्य साढे ४ लाख बढीको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

आज बिहान बरामद गरिएका अवैध कुखुरा, मोटरसाइकलसहित सातै जना तस्करहरुलाई आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार बुझाइएको सशस्त्र प्रहरीले बताएको छ ।

  • १२ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech