१५ बैशाख २०८१, शनिबार

प्रलोभन देखाएर अनलाइनबाट ७५ हजार ठगी
  • न्युज मानसराेवर

कञ्चनपुर । कञ्चनपुरमा अनलाइनबाट ७५ हजार रकम ठगी भएको छ । जिल्लाको भीमदत्त नगरपालिका गोबरैयाकी सुशिला वोहरा र दोधरा चाँदनी नगरपालिका ७ की माया बुढालाई अनलाइन मार्फत ७५ हजार ठगी भएको हो ।

फेसबुक चलाउँदै गर्दा दुवै जनाको मोबाइलमा तपाइको चिट्ठा परेको छ भन्दै बधाइ छ भन्ने सन्देस आएको थियो । सन्देश आएपछि फेसबुक मार्फत कुराकानी गर्दै जाँदा फेसबुक पछि ह्वाटसपमा बधाइ आएको ठाउँबाट कुरा हुन थालेपछि दुबै जना अनलाइनबाट ठगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

२५ लाखको चिट्ठा परेको छ कसैलाई खबर नर्गनुु होला भनेर ह्वास्पबाट कुरा गरेपछि शङ्काको आधारमा प्रहरी समक्ष आएर ठगिएको गुनासो आएको प्रहरीको भनाई छ । सुशिला वोहरालाई ५५ हजार मोबाइल एप इमोबाट ठगि भएको छ भने माया बुढालाई २० अजार अर्को मोबाइल ह्वाटसपबाट ठगी भएको छ ।

कुराकानी गर्दा हिन्दीमा कुरा गर्ने र पैसा पठाएपछि मात्रै चिट्ठा परेको रकम उपलब्ध गराउने नियम छ भन्दै केही दिन अघिबाट यी दुई जनालाई अनलाइनबाट निरन्तर ठगी गर्ने व्यक्तिले फलोअफ गर्दै आएको थियो ।

चिट्ठाको रकम पाउनलाई माया बुढाले २० हजार र सुशिला वोहराले ५५ हजार रुपैया आएमी मार्फत पठाएको प्रहरीले जनाएको छ । पैसा पठाएको केही समयमै थप पैसा पठाउन भनेपछि आफूहरु ठगिएको भन्दै दुवै प्रहरी समक्ष आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले बताए ।

उनका अनुसार अनलाइन मार्फत ठगी गर्ने प्रवृतिका घटना बाहिरी देशबाट हुने भएकोले प्रहरीले ठगिएको विषयलाई विभिन्न माध्यमबाट अनुसन्धान गरिहरेको छ । अनलाइनको माध्यमबाट मानिस ठगिएको विषयलाई अनुसन्धान गर्नको लागि प्रहरीले काठमाण्डौको युनिटसँग पनि समुन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech