१३ बैशाख २०८१, बिहीबार

कञ्चनपुरमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान, एक जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ। दोहोरो फायरिङ हुँदा एक जनाको मृत्यु भएको बताइएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै दोहोरो भिडन्त भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

उनका अनुसार मृतक गाेविन्द सि‌‌ह हुन्। मृतककाे शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ।

लागू औषध र नक्कली नोटको अवैध कारोबार गर्ने भारतीय गिरोहबारे सूचना पाएर प्रहरी जाँदा आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउँदा एक जना तस्करको ज्यान गएको एसपी चतुर्वेदीले जानकारी दिए।

मृत्यु हुने भारतीय नागरिक भएको अनुमान छ । घटना आज साँझ साढे ६ बजेतिर भएको हो। प्रहरीतर्फ भने कुनै क्षति भएको छैन।

  • २० फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech