७ बैशाख २०८१, शुक्रबार

बाँकेको नरैनापुरमा आगलागी, २२ घर नष्ट
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेको नरैनापुर गाउँपालिकावडा न  १ सुइयाँ गाउँमा आगलागी हुँदा २२ घर  नष्ट भएका छन् ।  बिहान ९ बजेबाट सुरु भएको आगलागी १२ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

स्थानीय मनिजर पासीको फुसले छाएको कच्ची घरबाट आगलागी सुरु भएर २२ वटा द्दर पूर्ण रुपमा नष्ट भएका हुन् । घरमा बच्चाहरु मात्रै भएको समयमा अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन गरिएको थियो ।

आगो नियन्त्रण अहिले  आइसकेको छ ।

आगालागीबाट मनिजर पासी, नाफे पासी, रंगै पासी, राम समुझ पासी‚ मनै साई सहज राम पासी, मृत लाल पासी सन्तोष पासी बौरा पासी मुन्के पासी र सिराज पासीको घर पूर्णरूपमा क्षति  पुगेको छ ।  नैरनापुर वडा न १ का  सचिव लक्ष्मी कान्त मिश्राका अनुसार आगलागीबाट मानवीय क्षति नभएको जानकारी गराएका छन् ।

उनले आगलागीका कारण निकै ठूलो क्षति भएको जानकारी दिए । उनले आगलागीबाट घर जलेपछि स्थानीय बासी घरबाट विहिन भएको जानकारी दिए । उनले तल्काल राहत वितरणको लागि गाउँपालिकालाई आग्रह गरिएको बताए ।

यता नरैनापुर गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठक अहिले बसिरहेको छ । तत्काल प्रभावित क्षेत्रका नागरिकलाई राहत प्रदान गरिने गाउँपालिकाले जनाएको छ । आगलागीबाट अन्य कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।

  • २४ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech