१५ चैत्र २०८०, बिहीबार

समयमै दमकल पुग्दा आगलागी नियन्त्रण
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेको कोहलपुर नगरपालिका १० चटारमा बुधबार ठुलो दुर्घटना टरेको छ । चटारस्थित शिव मन्दीर नजिकै रहेको लिनखदास थारुको परालको टौवामा बुधबार दिउँसो आगलागी भएको थियो । परालको टौवामा आगलागी भएपछि नजिकै रहेको भुलानटार थारुको घर समेत जोखिममा परेको थियो । तर समयमै स्थानियहरुको सक्रियतामा आगलागी नियन्त्रणमा लिईएपछि ठुलो दुर्घटना टरेको
हो ।

१० नं. वडका वडा सदस्य ओम प्रकाश वर्णवालका अनुसार स्थानियहरुको सक्रियता तथा समयमै दमकलको उपलब्धताका कारण आगलागी नियन्त्रणमा आएको थियो । दिउँसो २ बजेको समयमा परालको टौवामा सल्केको आयो निभाउन कोहलपुर नगरपालिकाको दमकल प्रयोग गरीएको थियो । समयमै आगलागी नियन्त्रणमा आएका कारण थप कुनै भौतीक तथा मानविय क्षती नभएको वर्णवालले जानकारी दिए ।

आगालागीबाट लिखनदास थारुको परालको टौवा खरानी भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech