१२ बैशाख २०८१, बुधबार

३ दिने कार्याशाला गोष्ठि बैजनाथमा शुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाल विवाह न्यूनिकरणका लागि सेवा प्रदायकहरुसंगको कार्याशाला गोष्ठी बैजनाथमा उद्घाटन गरिएको छ । कार्यशालामा बृह्त छलफल गरिने छ । ३ दिन सम्म कार्यशाला सञ्चालन हुने छ ।
कार्याशाला गोष्ठीको बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले व्यानर वाचन गरी उक्त कार्याशालाको  उद्घाटन गरिन् ।

बाल विवाह रोगथाम परियोजना बैजनाथ गाउँपालिकामा सञ्चालन छ ।

वाल विवाह रोगथामका लागि स्याक नेपालले जिल्लाका सबै स्थानीय निकाय संगको समन्वयमा विभिन्न कार्यक्रम अन्तर संवादका माध्यम बाट वाल विवाह रोगथाममा योगदान गर्दै आइरहेको सहजकता वविता सिहले जानकारी गराईन् ।

कार्यशाला गोष्ठिको सहजिकरण शिवलाल पाण्डेले गरेका छन् ।
कार्यशालामा वडा अध्यक्ष  जनप्रतिनिधि  ,व्यापारी ,बाल क्लब ,राजनितिक दल ,पत्रकार महिला सञ्जाल धर्म गुरु , यातायातकर्मी ,टेन्ट हाउस प्रहरी , युवा सञ्जाल होटल व्यवसाय लगाएतको सहभागिता रहेको छ ।

  • ५ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech