१३ बैशाख २०८१, बिहीबार

बाघको छाला र हड्डी सहित ४ जना पक्राउ
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  पाटे बाघको छाला र हड्डी सहित बाँकेको बैजथानबाट ४ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आईतबार बेलुका ६ बसेको समयमा बैजनाथ गाँउपालिका १ च्यामा स्थित सुर्खेत-कोहलपुर सडकखण्डमा चेकजाँच गर्ने क्रममा बाघको छाला र हड्डी सहित ४ जना पक्रउा परेका हुन ।

चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका बिरेन्द्रनगर नगरपालिका ११ सुर्खेतका ५० वर्षिय गंग बहादुर खत्री, सोही ठाँउका २० वर्षिय प्रकाश खत्री, भगवतीमाई गाँउपालिका ४ दैलेखका ३९ वर्षिय चन्द्र अधिकारी र तिला गाँउपालिका ४ जुम्लाका ३८ वर्षिय जयलाल नेपालीलाई चेकजाँच गर्ने क्रममा जयलाल नेपालीले बोकेको झोलामा पाटेबाघको १ थान छाला र गंग बहादुर खत्रीले हातमा समातेको बोरा भित्र २ के।जि। ५०० ग्राम बाघको हड्डी बरामद गरीएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीकालागि बाँके राष्ट्रिय निकुन्जको कार्यालयमा पठाउने तयार भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका ब्यक्तिहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम १ लाख देखी २५ लाख सम्म जरिवाना र १ वर्ष देखी १० वर्ष सम्म कैद सजाय हुन सक्ने ब्यवस्था रहेको छ ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech