१३ बैशाख २०८१, बिहीबार

डेढ सय कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  पछिल्लो २४ घण्टामा देशभर १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामै कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। देशभर हालसम्म ३ हजार १९ जनाको कोभिड–१९ संक्रमणका कारण मृत्यु भइसकेको छ। आजको दिनमा देशभर १ हजार १७ जना सक्रिय संक्रमित छन्।

यसैबीच, स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै यहाँ पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले विज्ञप्ति निकालेर सभा, जुलुस, सम्मेलनलगायत भिडभाड हुने गतिविधि नगर्न र मास्क अनिवार्य रुपमा लगाइराख्न भनेको भनेको छ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech