१३ बैशाख २०८१, बिहीबार

करेन्ट लागेर बाँकेमा एक जनाको ज्यान गयो
  • न्युज मानसराेवर

बाँके बैजनाथ । करेन्ट लागेर बाँकेमा एक जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–७ बर्गदयाका ३५ वर्षीय तायर खाँको करेन्ट लागेर मृत्यु भएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार मंगलबार साँझ करिब सवा ६ बजे आफ्नै घर भत्काउने क्रममा बिजुलीको तार छुँदा करेन्ट लागेर खाँ घाइते भएको थिए ।

उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • ११ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech