१३ बैशाख २०८१, बिहीबार

नेपाली सेनालाई भारतीय सेनाको एक लाख डोज कोरोना खोप उपहार
  • न्युज मानसराेवर

बाँके बैजनाथ । भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख डोज खोप उपहारस्वरुप दिएको छ। भारतकै सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाली सेनाले पाएको हो।

भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुँडीखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहकाबीच भिडियो कन्फरेन्समार्फत उक्त खोप प्रदान गरेका छन्।

भारतको पुणेस्थित सिरम इन्टिच्युटबाट एयर इण्डियाको विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बेलुकी ल्याइएको उक्त खोप नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गरेका थिए।

यसअघि गत जनवरीमा भारतले नेपाललाई दश लाख डोज खोप उपहार दिएको थियो।

 

  • १७ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech