१२ श्रावण २०८१, शनिबार

एमाले र माओवादी ब्युँताउने फैसला पुनरवलोकन नहुने
  • न्युज मानसराेवर

काठमाडौं– नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) बीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरवलोकन नहुने भएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको पुनरवलोकनसम्बन्धी मुद्दामा सर्वोच्चले यस्तो आदेश दिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पूर्ण इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको थियो। इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाश ढुंगाना थिए।

गत फागुन २३ गते न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा ऋषि कट्टेलको हुने ठहर गर्दै साविक नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा साविककै एमाले र माओवादीमा फर्किन भनेको थियो।

  • १९ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech