४ बैशाख २०८१, मंगलवार

हात्तीपाइले विरुद्धको अभियान बैजनाथमा शुरु

नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २००३ मा उक्त अभियान सुरु गरेको हो।

  • न्युज मानसराेवर

बाँके बैजनाथ । हात्तीपाइले विरुद्धको अभियान बैजनाथ गाउँपालिकामा शुरु गरिएको छ ।


अभियानको पहिलो दिन ८ हजार ९सय ९० को सख्यामा औषधी सेवन गराइएको छ ।

नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २००३ मा उक्त अभियान सुरु गरेको हो।
बैजनाथ गाउँपालिका अध्यक्ष मान ब रुचालले बैजनाथ वडा न ८ मा अभियानको शुरुवात गरे ।

‘उनले हात्तीपाइले विरुद्धको औषधी सेवन गरी अभियान शुरुवात गरेका थिए ‘।

बैजनाथ गाउँपालिकाका ८ वटै वडामा महाअभियानका रुपमा सबै स्वास्थ्थकर्मीहरु परिचालित गरिएको बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले भनेका छन् ।
६२ हजार ५ सय ६९ को जनसंख्यालाई हात्तीपाइले रोग उन्मूलनको महाअभियानमा प्रत्यक्ष सहभागिता गराउने लक्ष्य राखिएको छ शाहीले भने । ४६ जना स्वास्थ्यकर्मी ९ स्यमसेवक र ९२ जना महिला स्वयम् सेवक घर घरमा परिचालित हुने छन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दान ब ऐडी , वडा अध्यक्ष भगन थारु स्वास्थ्य शाखाका प्रमुख , स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो ।

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech