८ बैशाख २०८१, शनिबार

देशभर १२८ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  पछिल्लो २४ घण्टामा नेपालमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२ हजार ७२७ जनाको पीसीआर परीक्षण गरिएकामा १२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज थपिएकासहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ।

यस्तै पछिल्लो २६ घण्टामा नेपालमा १६१ जना संक्रमणमुक्त भएका छन्। योसहित संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७३ हजार १२३ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६१३ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ।

  • २१ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech