२६ बैशाख २०८१, बुधबार

इतिहासकार महेशराज पन्तको घरमा पुगिन् राष्ट्रपति भण्डारीइतिहासकार महेशराज पन्तको घरमा पुगिन् राष्ट्रपति भण्डारी
  • न्युज मानसराेवर

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी इतिहासकार महेशराज पन्तको निवासमा पुगेर पुस्तकालय अवलोकन गरेकी छन्।

डल्लुस्थित निवासमा इतिहासकार पन्तले आफ्नै सक्रियतामा पुस्तकालय स्थापना गरेका छन्। जहाँ १५ हजारभन्दा बढी पुस्तक छन्।

राष्ट्रपति भण्डारी इतिहासकार पन्तलाई भेट्न र उनले संरक्षण गरेको पुस्ताकालयको अवलोकन गर्न शनिबार दिउँसो त्यहाँ पुगेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए।

‘राष्ट्रपति ज्यू दिउँसो साढे २ बजे इतिहासकार पन्तको निवास पुग्नु भएको हो, करिब साढे ४ बजेसम्म त्यहाँ बस्नु भयो, पुस्तकालय अवलोकन गर्नुभयो। साथमा शिक्षामन्त्री पनि हुनुहुन्थ्यो’ ढकालले नेपालसमयसँग भने।

इतिहास, संस्कृतिको जगेर्ना र संरक्षणमा राष्ट्रपतिको विशेष चासो रहेकाले पन्तको पुस्तकालयमै उनी पुगेको ढकालले बताए।

पन्तको घरमा पुगेकी राष्ट्रपति भण्डारी त्यहीँबाट नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको घरमा पनि पुगेकी छन्।

पन्तसँगै जोडिएको घर खनालको रहेकाले राष्ट्रपति खनालको पनि पसेर हालखबर सोधेको बताइएको छ।

खनालसँगको भेटमा सामान्य हालखबर सोधपुछमात्र भएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए।

  • २१ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech