८ बैशाख २०८१, शनिबार

बर्दियामा मान्छे आक्रमण गर्ने बाघ सदर चिडियाखानामा राखियो
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  गैंडा गणनामा खटिएका एक कर्मचारीलाई आक्रमण गर्ने बाघलाई सदर चिडियाखानामा मंगलबार ल्याइएको छ । आइतबार हात्तीका लागि घाँस काट्दै गर्दा हात्तीसारका पछुवा पुलिसराम थारूको बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

नियन्त्रणमा लिइएकामध्ये बाँके निकुञ्जको खोरमा राखिएको एउटा बाघ खोर भत्काएर भागेको थियो । एउटा बाघ निकुञ्जको रम्मापुर र अर्को ठाकुरद्वारा खोरमा छ । गत वर्ष पनि एउटा बाघ नरभक्षी भएको शंकामा निकुञ्जले नियन्त्रणमा लिएको थियो । त्यो बूढो बाघ भने प्राकृतिक कारणले खोरमै मरेको थियो । गत वर्षदेखि बर्दिया निकुञ्जभित्र र बाहिर बाघको आक्रमण बढेको छ । दुई वर्षमा २० जना मारिएको निकुञ्जले जनाएको छ ।

 

  • २४ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech