१५ चैत्र २०८०, बिहीबार

जनगणना २०७८ : आर्थिक क्षेत्र समेट्ने यस्तो छ तयारी
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  जनगणना २०७८ मा आर्थिक क्षेत्र समेट्ने गरी विभिन्न प्रश्नावली तयार गरी जिल्ला पठाउन थालेको छ।

प्रश्नावलीमा आर्थिक क्रियाकलापसम्बन्धी छुट्टै विवरण समेट्न लागिएको केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए। उनका अनुसार अधिकांश जिल्लामा प्रश्नावली, निर्देशिका लगायतका सामग्री पठाइसकिएको छ।

जनगणनाको तयारीस्वरुप प्र्रदेशस्तरमा गोष्ठी सञ्चालन भएको छ। पूर्वतयारीअन्तर्गत स्थानीय गणना तालिम गोष्ठी बुधबार सम्पन्न भएको हो।

प्रदेश १ को विराटनगरमा, प्रदेश २ को जनकपुरमा, बागमतीको काभ्रे धुलिखेलमा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा तालिम सम्पन्न गरिएको छ।

विभागले सुपरीवेक्षकको सर्ट लिस्ट पनि जिल्ला जनगणना कार्यालयमा पठाइसकेको छ।

  • २६ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech