१३ बैशाख २०८१, बिहीबार

मार्क्सवाद दर्शन के हो ?

दर्शन मानवको विश्वदृष्टिकोण हो ।

  • सुर्य ढकाल

दर्शन एउटा विश्व दृष्टिकोण हो । यो ज्ञान प्राप्तगर्ने एउटा विधिहो । दर्शनको विकास पदार्थ र चेतनाको अन्तर सम्बन्ध बाट उत्पन्न समस्याको विशिष्ट समाधानको क्रियामाथिआधारित छ । दर्शनको यो परिभाषा कुनै पनि दार्शनिक पद्धतिमा लागु हुन्छ ।माक्र्सवादी दर्शन एउटा समग्र वैज्ञानिक सिद्धान्त हो ।यसले वास्तविक जगत र चेतनाको बीचको अन्तर सम्बन्धका साथै समाजएवं मानव चेतना तथा प्रकृतिको सार्वभौमिक नियमकोअध्ययन गर्दछ ।  यसको साथै यसले ती नियमको पनि अध्ययन गर्दछ । जुन मानवका व्यवहार र चेतना क्रियामा आधारित छन् ।
माक्र्सवादी दर्शन सत्यलाई बुझ्ने र वस्तु परिस्थितिमा क्रान्तिकारी रुपान्तरण गर्ने सामान्य पद्धति पनि हो ।

यसको निचोड के हो भने– यसले पदार्थ र चेतनाको अन्तर सम्बन्धको अध्ययन गर्दछ यसले प्रकृतिका सार्वभौमिकनियमहरुको अध्ययन गर्दछ । यसले समाज र चेतनाको अवस्था र स्तरको अध्ययन गर्दछ । यी तीन वटा कुरामा आधारित भएर र यसैको माध्यमबाट माक्र्सवादले एउटा विश्वदृष्टिकोण प्रस्तुत गर्दछ र त्यसलाई रुपान्तरित गर्ने दिशानिर्धारित गर्दछ ।

समाजमा दर्शनको के भुमिका छ ? दर्शन विश्व दृष्टिकोणको रुपमा कसरी सामुन्ने आयो ? विश्वको बारेमा सम्पूर्ण विचारको योग दर्शन
शास्त्रहो । तर यो व्याख्याले दर्शन शास्त्रको विशिष्ट पक्षको बोध गराउँदैन ।

समाजमा दार्शनिक विचार भन्दा छुट्टै अरु पनि विचारहरु छन् । यो निश्चित गर्नु जरुरी छ कि दार्शनिक विचार र गैर दार्शनिक विचारबाट उदाहरणको लागि प्राकृतिक वैज्ञानिक विचारबाट के कुरामा भिन्न छ । विशेष प्राकृतिक एवं सामाजिक विज्ञानले वस्तुगत जगतका कुनै क्षेत्रमा तथा प्रक्रियामा विद्यमान नियमको अध्ययन गर्दछ । (जिवन र प्राणी जीवन विज्ञान, रसायानशास्त्रको–रसायन) तर दर्शन शास्त्रको दायरा एउटा विशिष्ट क्षेत्र नभएर सम्पुर्ण जगत र यसको सम्पूर्ण प्रक्रियासंग छ । यसै कारण दर्शन शास्त्रले पुरै विश्वको बारेमा समस्त रुपमाविचारलाई एउटा सम्पूर्ण पद्धतिको रुपमाविकास गर्छ । सम्पूर्ण स्थिति र प्रक्रियाको बारेमा सान्यव्याख्या प्रस्तुत गर्दछ ।  यसै कारण दर्शन शास्त्रको भूमिका जनताको विशव दृष्टिकोणको रुपमा सामन्ने आयो । दर्शन मानवको विश्वदृष्टिकोण हो । यसकारण यसले विश्वको बारेमा समग्र विचार बनाउन मानिसलाई सक्षम बनाउँछ । तर दर्शनको समाजमा यतिमात्र भूमिका हुँदेन । दर्शनका केही नियमबद्ध क्रियाकलाप पनि छन् । दर्शनको इतिहासमा ज्ञान प्राप्तगर्ने दुई परस्पर विरोधीदार्शनिक सिद्धान्त र कार्य पद्धति छन् ।

अधिभौतिक र द्वन्द्वात्मकअधिभौतिक पद्धतिको उदयप्राकृतिक विज्ञानको क्षेत्रमा सोहै र सत्रौ शताब्दीमा भयो । त्यो बेला उत्पादनको बृद्धिको आवश्यकतालाई ध्यानमा राखेर प्राकृतिक वैज्ञानिकहरुले वस्तुगत जगतका कुनै विशिष्ट पक्ष र त्यसको गुण तथा त्यसको अस्तित्व सम्बन्धी ठोस रुपको कामको अध्ययनको थालनी गरे । उनीहरुले आफ्नो अध्ययनलाई अलग पारेर विभाजित गरे । आफ्नो प्रसिद्ध रचना एन्टी ड्युहरिङ्ग (ड्युरिङ्ग मत खण्डन) माएङ्गेल्स भन्दछन् “उनीहरुले यसको अलगअलगअध्ययन गरे । यसको प्राकृतिकविशेष कारण र कार्यलाई अलगअलग हेरे ।”त्यसबाट त्यसकाअन्तर सम्बन्ध र अन्तर निर्भर्तालाई र यसको गति र विकासलाई फरक गरेर हेर्ने र बुझ्ने रुझानको विकास भयो ।  यसै प्रकृतिले ज्ञानको क्षेत्रमा अधिभौतिक पद्धतिलाई जन्मदियो ।

लेखक सुर्य ढकाल नेकपा एमालेको जिल्ला कमिटी अध्यक्ष छन् ।  ढकालले  माक्सवाद दर्शन का बारेमा  उल्लेख गर्ने प्रयास गरेकाछन् । बाँकी दिनहरुमा क्रमश  माक्सवाद दर्शनका बारेमा उनका  विचारहरु हामी समावेश गर्ने छौँ । 

  • २७ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech