१४ बैशाख २०८१, शुक्रबार

मार्क्सवाद दर्शन द्वन्द्वात्मक पद्धति भनेको के हो ?
  • सुर्य ढकाल

ज्ञान प्राप्तिको द्वन्द्वात्मक सिद्धान्तको उदयत्यो बेलाभयो, जब प्राकृतिक वैज्ञानिकहरुले वस्तु र त्यसको गुणको अतिरिक्त वस्तुमा अन्तरनिहितप्रक्रियाको खोजविन शुरु गरे । यो पद्धतिको मान्यता के हो भने सम्पूर्ण वस्तु र स्थिति आन्तरिक रुपबाट एक दोश्रोसंग सम्बन्धितछन् र एक दोस्रोमानिर्भर छन् ।

उनीहरु प्रत्येकमाअन्तनिहित रुपबाट प्रतिद्वन्द्वितत्व छ र विपरितको कुनै अन्तनिर्हित संघर्षद्धारा सम्पूर्ण विषयनिरन्तर रुपमा परिवर्तनशील छन् । सबै तल्लो अवस्थाबाट माथिल्लो अवस्थातर्फ, परिमाणात्मक अवस्थाबाट गुणात्मक अवस्थातर्फ विकासमान छन् ।
दर्शन र मानिसको व्यवाहारिक क्रिया वस्तुगत जगत र ज्ञानको क्षेत्रमाविद्यमान सामान्यनियमको अध्ययनमार्फत मानिसको विश्व दृष्टिकोणलाई विकसित गरेर यिनै नियमद्वारा ज्ञान प्राप्तिको सामान्य पद्धतिलाई प्रस्तुत गरेर दर्शन मानवजीवनलाई गंभिर रुपबाट प्रभावितगर्दछ ।

मानिसको व्यवहार, उसको व्यवहारिक क्रियाकलाप र उसको निर्देशक सिद्धान्त मानिसको विचार, दार्शनिक दृष्टिकोण माथिनिर्भर गर्छ । यसै कारण तीमानिसहरु जो निजीजीवनलाई प्रथम स्थानमा राख्दछन्, उनीहरु अध्यात्मवादी दृष्टिकोणलाई प्राथमिकता दिन्छन् र, ईश्वर र अलौकिकशक्तिको सहरा लिन्छन् ।

यसको विपरित माक्र्सवादी दृष्टिकोण राख्नेहरु आफ्नो व्यवहारिक क्रियामा सामुहिकतालाई प्राथमिकता दिन्छन् । र समाजलाई प्रथम स्थानमा राख्छन् । उनीहरु वस्तुगत सत्यलाई निरुपितगर्ने वस्तुगत नियम र ज्ञानमाथि भरोसा गर्छन् । उनीहरुको ज्ञान प्राप्तगर्ने मुख्य उद्देश्य सामाजिकजीवनमानिरन्तर प्रगति र परिवर्तन ल्याउनु हो ।

द्वन्द्वात्मकभौतिकवादीदर्शनले आफ्नो कार्य पद्धति र आफ्नो भूमिकालाई व्यवहारिक ज्ञानका अनुभवसंग जोड्दछ । माक्र्स र एङ्गल्सले दर्शनका क्षेत्रमागर्नु भएको नयाँ ज्ञानको विकासको सारतत्वद्वन्द्वात्मकभौतिकवादहो । अधिभौतिकीयविचारले पदार्थलाई एउटा सीमाभित्र हेर्ने चेष्टा गर्छ । परमाणुलाई पदार्थको अन्तिम रुपमालिने चेष्टा गर्छ । फ्रान्सिसी भौतिकवादीफायरवाख र अन्यविचारकहरु पदार्थलाई अपरिवर्तनीय रुपमा हेर्न पुगे । परमाणुको विभाजन पछि बुर्जुवादार्शनिकहरुले माक्र्सवादमाथिनयाँहमला गरे ।

ज्ञानको सिद्धान्त दार्शनिक ज्ञानको विधि र स्वरुप ज्ञानको सारतत्व ज्ञान मानिसको चेतनामायथार्थताको प्रतिबिम्वहो । यो प्रतिविम्बन न त निस्क्रिय छ न यान्त्रिक । यो एउटा सृजनात्मकक्रियाहो । कसरी मानिसले वरिपरिका जगतबारे ज्ञान प्राप्तगर्दछ ।
ज्ञान उपार्जनकादुई तरिकाहरु

  क)मानवजीवनभनेको निरन्तर संसारबारे कुनै न कुनै कुरा थाहापाउने प्रक्रियाहो । ख)एकजनाफारसीविख्यातकविफिर्सीदीले लेखेका छन् ।

यदिजगतको जान न, तिम्रो सर्वत्र बाटो ।बढ तिमी अगाडि रातदिन,किननहोस् तिम्रो सफर अति कठोर ।
हाम्रो वरिपरिको जगतको ज्ञान, सत्यको खोजीको बाटोहरु, मानव ज्ञान र मानवक्रियाकलापकाबीचमानिहित सम्बन्धआदि कुराको अध्ययनगर्ने दर्शन शास्त्रको विशेष शाखालाई ज्ञानको सिद्धान्त भन्दछन् । मानिसको ज्ञान उपार्जन कार्यको विशिष्टताहरुको विश्लेषण गर्नको लागिहामीले दर्शन शास्त्रको मूलप्रश्न जस्तैः
क) वरिपरिका जगत प्रतिमानव ज्ञानको सम्बन्ध
ख) जगतबारे ज्ञान प्राप्तगर्ने सम्भावनाआदिबारे अध्ययनगर्नु पर्दछ ।

फेडेरिक ऐङ्गल्सले यस प्रश्नलाई यसरी प्रस्तुत गरेका छन् । “हाम्रो वरिपरिको जगत प्रतिहाम्रो विचारको स्वयं त्यस जगत प्रति कस्तो
सम्बन्ध छ ?

के हाम्रो चिन्तनवास्तविकजगतबारे ज्ञान प्राप्तगर्ने क्षमता राख्दछ ?यसकारण दर्शन मानिसको धारणा र विचारसंग सम्बन्धित छ । त्यो वास्तविक जगत हो वा अरु कुनै कुरा ?

दर्शन शास्त्रकामूलप्रश्नकायीपक्षहरु परस्पर सम्बन्धित छन् । भौतिकवादीहरुको सोचाइअनुसार चेतनाभनेको पदार्थको स्वभाविक गुण हो ।

द्वन्द्वात्मकभौतिकवादी दृष्टिकोणले हेर्ने हो भने मानिसले जगत सम्बन्धी ज्ञान मात्रप्राप्तगर्ने होइन । साथै उसले आफ्ना आवश्यकतार लक्ष्यअनुरुपआफ्नो क्रियाकलापबाट जतलाई बदल्छ रुपान्तरित गर्छ । यसै क्रममाउसले आफ्नो ज्ञानलाई अरुमाथिविकसित गर्छ ।
लेखक सुर्य ढकाल नेकपा एमालेको जिल्ला कमिटी अध्यक्ष छन् ।  ढकालले  माक्सवाद दर्शन का बारेमा  उल्लेख गर्ने प्रयास गरेकाछन् । बाँकी दिनहरुमा क्रमश  माक्सवाद दर्शनका बारेमा उनका  विचारहरु हामी समावेश गर्ने छौँ । 

  • २९ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech