१४ बैशाख २०८१, शुक्रबार

मुस्कान सहितको सेवा दिन नसिङ् कर्मचारीलाई रुचानको आग्रह
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन नसिङ् कर्मचारीलाई   बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले आग्रह गरेको छन् ।

बैजनाथ स्वास्थ्य शाखाको आयोजनाथ तथा स्वास्थ्यका लागि सक्षक प्रणाली संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा तिन दिने तालिमको उद्घाटन गर्दै अध्यक्ष रुचालले सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रभाह गर्न आग्रह समेत गरेको हुन् ।

बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मातृत्व र नवजात शिशु स्याहार सम्बन्धि तिन दिने तालिम सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्य शाखाले बैजनाथका स्वास्थ्यकर्मीहरुका लागि तालिमको आयोजना गरेको हो ।

तालिमको  सहजीकरण  गिता रोकाय ,लक्ष्मी चौधरी सरस्वती गिरीले   गर्ने छन् ।

स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले जनाए अनुसार बैजनाथका स्वास्थ्य कार्यालयमा आवद्ध नसिङ्  कर्मचारिहरुलाई तिन दिन सम्म सहजीकरण गरिने छ ।

तालिमको उद्घाटन कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृतको समेत सहभागिता रहेको थियो ।

तालिम बैजनाथ १ गाभरमा सञ्चालन गरिएको छ ।

 

  • २९ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech