बाँके बैजनाथ । वर्गिय समाजमा ज्ञान प्राप्तगर्ने तरिका विधिपदतिपनि फरक फरक हुन्छन तार्किक बृद्धि संगत ज्ञान
इन्द्रियग्राहय ज्ञान तार्किक ज्ञानबाट के कुरामाभिन्न छ भने इन्द्रियग्राहय ज्ञान, वस्तुहरुका छुट्टाछुट्टै पक्षहरु इन्द्रियगम्य रुपहरु र वाह्य सम्बन्धहरुको घेराभित्र रहन्छ ।
तार्किक (बृद्धि संगत) ज्ञान एउटा ठूलो छलाङ्ग मारेर चिजहरुका सम्पूणर्ता, सारतत्व र भित्री सम्बन्धहरुसम्म पुग्छ र त्यसले वरिपरिका अन्तरविरोधलाई उधारो दिन्छ ।तसर्थ तार्किक ज्ञानले वरिपरिको संसारको विकासलाई त्यसको सम्पूर्णता र सबे पक्षहरुको आन्तरिक सम्बन्धहरुमा ग्रहण गर्न सक्छ । ज्ञान प्राप्तिकायीदुई चरणहरुमा प्रत्येककाआफ्नै विशेषता छन् । तल्लो चरणमा इन्द्रिय ग्राहण रुपमामाथिल्लो चरणमा तार्किक ज्ञानको अभिव्यक्ति हुन्छ ।
यी ज्ञान प्राप्तिका एउटै पूर्ण प्रक्रियाका चरण हुन् । इन्द्रियग्राहय ज्ञान र बृद्धि संगत ज्ञान गुणात्मक रुपले भिन्न छन् । तर ती एक अर्काबाट छुट्टिएका छैनन् । तिनीहरु व्यवहारको आधारमा एकताबद्ध छन् ।सम्बेदनले इन्द्रियग्रम्य रुपको समस्यामात्रा समाधानगर्न सक्छ । सिद्धान्तले मात्र सारतत्वको समस्या समाधानगर्न सक्छ ।
यसरी के देख्न सकिन्छ भने ज्ञान प्राप्तिको प्रक्रियामापहिलो चरण वाह्य संसारका चिजहरुसंगको सम्र्पक हो । यो यन्द्रिय सम्बेदनको चरण
हो । दोस्रो चरण हो सम्बेदनद्धारा प्राप्तभएकातथ्यांकहरुलाई व्यवस्थितपुननिर्मित गरेर तिनको संयोजन गर्नु यो धारणा निर्णय र तर्कको चरण हो । ज्ञानको सिद्धान्तको प्राप्तिको क्रममायहाँदुई वटा महत्वपूर्ण कुरामाजोड दिनु आवश्यक छ।
क) पहिलो कुरो बृद्धिसंगत ज्ञान इन्द्रियग्राहय ज्ञानमाथि निर्भर रहन्छ ।
ख) बृद्धि संगत ज्ञान इन्द्रियग्राहय ज्ञानबाट प्राप्तगर्नु जरुरी छैन भने जस्तै ठान्दछ । त्यो आदर्शवादीहो । जो व्यक्तिआफ्ना आँखाहरु चिम्लने गर्छ आफ्ना कानहरु बन्द गर्छ र आफूलाई वस्तुगत संसारबाट पुरैसितअलग राख्दछ, उसले कुने ज्ञान प्राप्तगर्न सक्दनै । ज्ञान अनुभवबाट शुरु हुन्छ । यो ज्ञान सिद्धान्तको भौतिकवादहो ।
दोस्रो कुरो के छ भने ज्ञानलाई गहनबनाउनु आवश्यक छ ज्ञानको इन्द्रियग्राहय चरणलाई बुद्धिसंगत ज्ञानमा विकसितगर्नु आवश्यक छ । यो नै ज्ञान सिद्धान्तको द्वन्द्वात्मकहो ।बृद्धि संगत ज्ञान इन्द्रियग्राहय ज्ञानमाथि निर्भर रहन्छ र इन्द्रियग्राहय ज्ञानलाई बृद्धिसंगत ज्ञानमा विकसितगर्नु पर्ने हुन्छ । यो नै ज्ञानको द्वन्द्वात्मकभौतिकवादी सिद्धान्त हो । इन्द्रियग्राह्य ज्ञान मात्र भरपर्दो छ र बृद्धि संगत ज्ञान भरपर्दो छैन भन्नु अनभववादहो ।
द्वन्द्वात्मकतर्कको मागद्वन्द्वात्मकतर्कको माग के छ भने एकाङ्गीपनबाट हुने हानीबाट जोगिनु जरुरी छ एकाङ्गीपन ज्ञान प्राप्तिमा सबभन्दा ठूलो बाधकहो । एकाङ्गीपनको विरुद्ध लेनिन भन्दछन् । “पदार्थलाई साँचो अर्थमाबुझ्नको लागित्यसका सबै पक्षहरु, सबै सम्बन्धहरु तथामाध्यमहरुलाई हेर्नु पर्छ र जाँचपडताल गर्नुपर्छ ।
हामीयसको पूर्ण उपलब्धिकहिल्यै हासिलगर्न सक्दैनौ तर सर्वाङ्गिण ढंगबाट हरेर चल्नुपर्छ भन्ने मागले गल्ती र एकहोरो ढिपीबाट जोगाउँछ । यो रह्यो पहिलो तर्क ।दोस्रो कुरा द्वन्द्वात्मकतर्कको माग के छ भने हामीले पदार्थलाई त्यसको विकास क्रममात्यसको आत्मगतिशीलतामा (हेगेलको भनाइ)त्यसको परिवर्तन प्रक्रियामा ग्रहण गर्नुपर्छ ।
द्वन्द्वात्मकतर्कको तेस्रो माग के हो भने कुनै पनिपदार्थको “पूर्ण परिभाषामा सत्यको कसौटीको रुपमा र मानिसको आवश्यकतासंग पदार्थको व्यवहारिक सम्बन्धनिर्धारकको रुपमापनिमानिसको समस्तअनुभव सामेल गरिनु पर्छ । यहाँ एउटा उदाहरण दिउँ, टेवलमा एउटा गिलास छ यो गिलास के हो भनेर सोध्यो भने तपाईले भन्नु हुन्छ त्यो सिसाको भाँडो हो र पिउने चिजहो । तर गिलासकायीदुई विशेषता र दुई गुण मात्र छैनन् । यसका दोस्रो विशेषता गुण र पक्षतथाबाँकीदुनियासंग अन्तर सम्बन्ध र माध्यमका अनेक पक्षहरु छन् ।गिलासका सम्बन्धमा यो कुरा तत्काल स्पष्ट हुँदैन । तर गिलास अपरिवर्तित छैन ।
खासगरी त्यसको प्रयोजन, त्यसको उपयोग र अगाडि जाने क्रममात्यसका सम्बन्धहरु मानिसकाआवश्यकताअनुसार बदली रहन्छ । द्वन्द्वात्मकतर्कको चौथो कुरा के हो भने सत्य अमूर्त हुँदैन यो सदा मूर्त हुन्छ । यो भएदार्शनिक ज्ञानका विधिहरु जसलाई संक्षिप्तमाभन्दा यसरी राख्न सकिन्छ ।
– ज्ञानको सारतत्व
– व्यवहार र ज्ञानको अन्तर सम्बन्ध
– ज्ञानको द्वन्द्वात्मक बाटो
– सजीवअनुभूति
– इन्द्रियग्राह्य ज्ञान
– तार्किक ज्ञान (बृद्धिसंगत)
– इन्द्रियग्राहय ज्ञान र बुद्धिसंगत ज्ञानको अन्तर सम्बन्ध
– इन्द्रियग्राह्य अनुभूतिर सैद्धान्तिक ज्ञान
– तथ्यद्धारा सत्यपत्तालगाउने विधि
– निरपेक्ष सत्य र सापेक्ष सत्यको अन्तर सम्बन्ध
वैज्ञानिक ज्ञानको विधि र त्यसका स्वरुपनिरीक्षण –कुनै पनि वस्तुसंग सम्बन्धितप्रक्रियाको उद्देश्य मुलकखोज र सोच विचार तथा ज्ञान विधिको कार्यलाई निरिक्षण भन्दछन् ।
– उद्देश्यनिश्चितगर्नु
– त्यसलाई प्राप्तगर्ने बाटो पत्तालगाउनु ।
– वस्तुमाथिनिगरानी राख्ने योजनाबनाउनु ।
प्रयोग – यो एउटा अनुसन्धानविधिहो । जुनविधिकुनै वस्तुमा परिवर्तन ल्याउनुको लागिप्रयोग गरिन्छ र तयार अवस्थामापूनजिवितगरिन्छ । निरिक्षण र प्रयोगमाअन्तर के छ भने निरिक्षणकर्ताले विचाराधिनप्रक्रियामाहस्तक्षेप गर्दैन । आफुलाई त्यस प्रक्रियाको प्राकृतिकअवस्थामाअंकितगर्न मात्र समिति राख्छ । प्रयोगकर्ता विचारधिनप्रक्रियाको क्षेत्रमा सक्रिय हस्तक्षेप गर्छ । उसले वस्तुको प्राकृतिकअवस्थामा विघटन उत्पन्न गर्छ र एउटा नयाँ परिस्थितीउत्पन्न गर्छ । तुलना–तुलना यस्तो तरिका हो । जस अन्तर्गत विचाराधिनप्रक्रियाको कुनै अर्को प्रक्रियासंग समानताअथवाभिन्नता प्रकट गरिन्छ । अनुसन्धानको यो अतिआवश्यकविधिहो । जसलाई ज्ञानको विकासको अवस्थामाव्यापकप्रयोग गरिन्छ । परिकल्पना–परिकल्पनाचिन्तनको महत्वपूर्ण स्वरुप हो ।
जस अन्तर्गत सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञान संग सम्बन्धगरिन्छ र प्रक्रियाकावाह्य पक्षहरुलाई प्रतिविम्बनको प्रक्रियाको आन्तरिक पक्षतर्फ संक्रमणलाई सुनिश्चितगरिन्छ । समतुल्यता– चिन्तनको एउटा अर्को स्वरुपहो । जसले अनुभवसिद्ध ज्ञानलाई सैद्धान्तिक ज्ञानमा रुपान्तरित गर्न संभव बनाउँछ । समतुल्यता एउटा निष्कर्ष पनिहो ।
जसले वस्तुको समानताको बारेमात्यसको कुनै गुणमा अन्य गुणको समानताको आधारमाउपयुक्तनिष्कर्ष निकाल्न संभव बनाउँछ । मोडल निर्माण– मोडल निर्माण विचाराधीन वस्तुको कुनै गुण तथा सम्बन्धलाई कुनै अन्यविशेष रुपले निर्मित वस्तु एउटा मोडेलमापुनर्जीवितगर्ने प्रक्रियाहो । जसबाट उसको अध्ययनअधिक नजिकबाट होस् । मोडेलभौतिकतथातार्किक रुपको हुन्छ ।
भौतिकमोडल त्यो हुन्छ जुन मानिसद्धारा बनाइएको अथवाचुनिएको हुन्छ ।
जसको अस्तित्वमानवमस्तिष्कको बाहिर र स्वतन्त्र हुन्छ । तार्किक मोडल भनेको मानसिक संरचनातथा प्रतिछायाँ हो । सैद्धान्तिक योजना हो । जसले विचाराधीन वस्तुको गुण तथा सम्बन्धलाई पुनर्जीवित गर्छ ।
यो मोडेलविशेष संकेत र चित्रद्धारा निर्मित गरिन्छ । अविशिष्टबाट विशिष्ट– अविशिष्ट कुनै विचाराधीनवस्तुको मानवमस्तिष्कमाएकाङ्गीप्रतिविम्बनलाई भनिन्छ । विशिष्ट कुनै वस्तुलाई समग्ररुपमापुनर्जीवितगर्ने प्रक्रियाहो जुन अविशिष्ट धारणाको श्रृंखलाअथवाइन्द्रियग्राह्य ज्ञानमा हुन्छ । अविशिष्टबाट विशिष्टमा विकासको प्रक्रिया सैद्धान्तिक ज्ञानको एउटा महत्वपूर्ण स्वरुप हो ।
लेखक सुर्य ढकाल नेकपा एमालेको जिल्ला कमिटी अध्यक्ष छन् । ढकालले माक्सवाद दर्शन का बारेमा उल्लेख गर्ने प्रयास गरेका छन् । बाँकी दिनहरुमा क्रमश माक्सवाद दर्शनका बारेमा उनका विचारहरु हामी समावेश गर्ने छौँ ।