१४ बैशाख २०८१, शुक्रबार

बैजनाथ गाउँपालिका स्तरीय बाल सञ्जाल गठन
  • चादनी थापा मगर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकामा पालिका स्तरीय बाल सञ्जाल गठन गरिएको छ ।

समिर थापाको अध्यक्षतामा २१ सदस्य बैजनाथ गाउँपालिका स्तरीय बाल सञ्जाल गठन गरिएको हो ।

बाल सञ्जाल गठन पश्चात बैजनाथ गाउँपालिका अध्यक्ष मान ब रुचालले कोभिड १९ का कारण बाल सञ्जाल गठन गर्न नसकिएको औल्याए । बाल अधिकारका क्षेत्रमा स्थानीय सरकार कटिबद्ध रहेको बताउदै अध्यक्ष रुचालले अधिकार दिने विषय एक होला तर अधिकारका लागि वकालत गर्ने यहाँहरु नै  हो अध्यक्ष रुचालले भने ‘।  उनले समितिका सबैलाई बधाइ तथा कार्यकालको शुभकामाा व्यक्त गरे ।

बैजनाथ गाउँपालिका का वडा न १ देखी ८ वडाका बालबालिकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मन ब खत्रीले नया कार्य समितिलाई बधाइ दिदै बाल विवाह रोकथाम तथा बाल अधिकारका क्षेत्रमा सक्रिय हुन बाल सञ्जालका पदाधिकारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक गुमान बहादुर दमाइ महिला तथा बालबालिका शाखा लक्ष्मी ज्ञावली लगाएतले शुभकामना मतव्य राखेको थिए ।

कार्यक्रमा पूर्व बाल सञ्जालका अध्यक्ष सरजन आचार्यको अध्यक्षतामा बाल सञ्जाल गठन गरिएको थियो ।  नव गठित अध्यक्ष समिर थापालाई पूर्व अध्यक्ष आचार्यले मान्यूट हस्तान्तरण  गरी कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्याक नेपालका प्रतिनिधि बविता शाह लगाएतको सहभागिता रहेको थियो ।

  • ३१ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech